चन्द्रागिरि हिल्समा तीन महिनामा २० करोड ६१ लाखको व्यापार
थानकोट ।
चन्द्रागिरि हिल्स लिमिटेडको नाफाले ६३.०७ प्रतिशतको फड्को मारेको छ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्ष कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। तीन महिनामा आम्दानी २० करोड ६१ लाख रुपैयाँ छ। यो गत आर्थिक वर्षको तुलनामा १०.५९ प्रतिशत बढी हो।
१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको चन्द्रागिरि हिल्सको जगेडा २१ करोड ३० लाख रुपैयाँले ऋणात्मक छ।
तर कम्पनीको प्रति सेयर आम्दानी २.१६ रुपैयाँबाट बढेर ५.५७ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ ८६.११ रुपैयाँ पुगेको छ।













