कराँते प्रशिक्षक वीरकृष्ण शाहीलाई राष्ट्रिय टिम प्रशिक्षकको जिम्मेवारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर निवासी कराँते प्रशिक्षक वीरकृष्ण शाहीले नेपाली राष्ट्रिय कराँते टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

प्राप्त विवरण अनुसार नेपाल कराँते महासंघले नेपाली राष्ट्रिय कराँते टिमको प्रशिक्षकमा चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँ निवासी शाहीका अतिरिक्त कुशल श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ, छाेरी डंगोल, तुल्सी महर्जन चयन गरेको हो ।

आसन्न साताैं दक्षिण एसियाली कराँते च्याम्पियनसीप तथा १४औं साफ गेम्सका लागि लक्षित गरी कराँते खेलका लागि प्रशिक्षक नियुक्त गरिएको बताइएको छ।

पाकिस्तानको लाहोरमा सन् २०२४ मा १४औं साफ गेम्स हुने बताइए पनि तालिका सार्वजनिक भएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *