७ थान चाँदीको कचाैरासहित नागढुंगामा समातिए अर्जुन
थानकोट ।
प्रहरी प्रभाग नागढुंगाले शुक्रबार बिहान ४१ वर्षीय अर्जुन विकलाई पक्राउ गरेको छ ।
विकको साथमा बिल तथा कागजात नभएको ७ सय ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कचौरा ७ पिस र ५ सय र १ सय दरका गरी जम्मा ६४ हजार ७ सय भारतीय रुपैयाँसमेत फेला परेपछि उनी समातिएका हुन् ।
नुवाकोट तादी गाउँपालिका-४ बस्ने वि.क बा. प्र ०१-००६ ख ५६५३ नम्बरको बसमा काठमाडाैतर्फ आउँदै गरेका थिए ।
वि.क. पक्राउ परेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












