५५औं राष्ट्रिय कराँते च्याम्पियनसीपमा चन्द्रागिरिका स्वनिमलाई दोहोरो स्वर्ण

Thankot Times

थानकोट। 

काठमाडाैंमा सम्पन्न ५५औं राष्ट्रिय कराँते च्याम्पियनसीपमा चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँका स्वनिम मानन्धरले दोहोरो स्वर्ण पदक जितेका छन् । 

साताैं दक्षिण एसियाली कराँते च्याम्पियनसीप तथा छैटाैं एसियन इन्डोर मार्सल आर्टस गेम्सका लागि भएको छनोट प्रतियोगिता समेत रहेको सो च्याम्पियनसीपमा मानन्धरले एकल र समुह कातामा स्वर्ण चुमेका हुन् । 

मच्छेगाउँस्थित नरहरिपुर डोजाङका प्रशिक्षार्थी मानन्धर नेपाल पुलिस क्लब टोलीमा आबद्ध छन् । उनी साताैं दक्षिण एसियाली कराँते च्याम्पियनसीप तथा छैटाैं एसियन इन्डोर मार्सल आर्टस गेम्सका लागि पनि छनोट भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *