मध्यरातमा धादिङमा भूकम्पको धक्का

Thankot Times

थानकोट ।

धादिङमा भूकम्प गएको छ।

गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

हल्का धक्का भएकाले भूकम्पबाट क्षति नभएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक  ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ