घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

Thankot Times

थानकोट ।

काराेबार हुने साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदी भने प्रतितोला एक हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन अर्थात शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ घटेको हो। चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय रूपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *