नेपाल संवत् ११४४ वर्षारम्भका अवसरमा थानकोटमा पदयात्रा निस्कने

Thankot Times

थानकोट ।
नेपाल संवत् ११४४ सुरु भएको अवसरमा थानकोटस्थित महालक्ष्मी युवा क्लबले पदयात्रा आयोजना गर्ने भएको छ ।

न्हु दँ को अवसरमा स्थानीयहरूको सहभागितामा निस्कने सो पदयात्रा स्थानीय गणेश मन्दिर परिक्रममा गर्दै सिलाफलमा रहेको नेपाल संवत् का प्रवर्द्धक राष्ट्रिय विभूति शंखध्वर शाख्वाको शालिकमा मार्ल्यापण गरी समापन हुने बताइएको छ ।

पदयात्रा कार्तिक २८ गते बिहान ८ बजे चन्द्रागिरि नगरपालिका ४ थानकोटस्थित वडा कार्यालयबाट सुरु हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *