लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा एक वृद्धाको ज्यान गयाे
थानकोट ।
भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
शरीरमा लागेको आगो ८५ वर्षीय श्रीमान गुरु दाहालले निभाए पनि वृद्धाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।













