कीर्तिपुर नगरका मेयर नकर्मीलाई मातृशोक
थानकोट ।
कीर्तिपुर नगरका मेयर राजकुमार नकर्मीलाई मातृशोक परेको छ ।
मेयर नकर्मीकी आमा लक्ष्मी नकर्मीको ८० वर्षको उमेरमा सोमबार दिउँसो मेडिसिटी अस्पतालमा निधन भएको हो ।
दिवंगत नकर्मीको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख का सभापति धर्मनन्द श्रेष्ठले जानकारी दिए ।













