नेपाल सम्वत् ११४४ को अवसरमा चन्द्रागिरिमा आज मोटरसाइकल र्याली हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-६ बालागाउँस्थित मातातीर्थ फुटबल मैदानबाट नेपाल सम्वत् ११४४ को अवसरमा आज मोटरसाइकल र्याली आयोजना हुँदैछ ।
ईटाख्यः बालागाँ र नगाँःचा नेवा पुच वडा नं. ६ र ७ को आयोजनामा बिहान ८ बजेबाट सुरु हुने सो मोटरसाइकल र्यालीले चन्द्रागिरि नगरका सबै वडा परिक्रमा गर्नेछ ।
र्याली चन्द्रागिरि नगरपालिकाका सबै १५ वटै वडा घुमेर कार्यक्रमस्थल मातातीर्थमा पुगी समापन हुने बताइएको छ ।














