नागढुङ्गा नाकामा पटाका लगायतका विस्पोटक पदार्थ बरामद

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गा नाकाबाट विभिन्न किसिमका पटाका प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार नेपालगंजदेखि काठमाडौं आउँदै गरेको भे.१ ख.३८४७ र बुटबलदेखि काठमाडौं आउँदै गरेको लु.१ ख ३४३५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा नागिन पटाका सानो २ ब्याण्डेलमा २ सय थान, चक्कर १४ थान, मिसाईल लेखिएका बम पटाका २ प्याकेटमा ६ थान, सुतली बम पटाका ९ थान, सानो गमला ६ थान, ठुलो गमला १ प्याकेटमा १० थान, झिरझिरे ४२ थान र ४ प्याकेट, मिसाईल लेखिएका सानो बम पटाका ३ थान र ज्ञद्द कजयत लेखिएका २ प्याकेटमा २४ थान फेला पारी बरामद गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *