भक्तपुरको न:पुखुमा डुबेर ५३ वर्षीय पुरुषको ज्यान गयाे

Thankot Times

थानकोट ।

भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं. ४ नासमाना बस्ने वर्ष ५३ को सुमन राजभण्डारी रहेका जिल्ला प्रहरी परिसर भक्तपुरमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

मंगलबार बेलुकी पोखरीमा मानिस डुबेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले राजभण्डारीलाई उद्धार गरेर भक्तपुर अस्पताल लगेको थियो ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको  पाठकले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *