जाजरकोट भूकम्प पीडितलाई यूरोपियन यूनियनले २८ कराेड ८० लाख रुपैयाँ सहायता रकम दिने

Thankot Times

थानकोट । 

युरोपेली यूनियन (ईयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

ईयूले मानवीय सहायतास्वरूप याे रकम प्रदान गर्ने निर्णय गरेको हो । 

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोटका भूकम्प पीडितलाई मानवीय सहायतास्वरूप याे रकम प्रदान गर्ने निर्णय भएको नेपालमा रहेकाे युराेपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ । 

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्प पीडितलाई उपलब्ध गराइएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *