प्रति तोलामा २ हजार ३ सय रूपैयाँले बढ्यो सुनको भाउ

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *