भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु

थानकोट ।

बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिए ।

उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत् आयोजनाको लापरबाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *