चाडपर्व मनाएर राजधानी फर्कनेकाे नागढुंगामा भीड

Thankot Times

थानकोट ।

 दशैँ र तिहार मनाएर काठमाडौं उपत्यका फर्किनेको संख्या बढेको छ।

काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरू चाडपर्व सकिएसँगै फर्किन थालेका हुन्।

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरूको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरू राजधानीका सडकमा बाक्लै देखिन्छन्। सरकारी तथा निजी कार्यालयहरू खुल्न थालेसँगै काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्ने र चाडपर्व मनाउन घर गएका फर्किन थालेका छन्।

काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाका नागढुंगा तथा बसपार्कमा शुक्रबार घरबाट काठमाडौं फर्किनेहरूको चहलपहल बाक्लो देखिएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ