कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त
थानकोट ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज रिजालले राजीनामा दिएका छन् ।
शुक्रबार बसेकोे बैंकको सञ्चालक समिति बैंठकले स्वीकृत समेत गरेको बताइएको छ ।
बैंठकले बैंकका डेपुटी सिइओ रामचन्द्र खनाललाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गर्दै सीईओको जिम्मेवारी शुक्रबारबाटै लागु हुनेगरी खनाललाई दिएको हो । कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा नियुक्त भएका हुन् ।
खनाल चार्डर्ड एकाउन्टेन्ट हुन् ।
कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी ४ वर्षे कार्यकारी पुरा गरेर अवकाश भएपछि खाली रहेको पदमा खनाल प्रमुख कार्यकारी अधिकृतक रुपमा नियुक्त भएका थिए ।













