चन्द्रागिरिमा छठ पर्वको तयारी तीव्र, कहाँ कहाँ हुँदैछ तयारी ?

Thankot Times

थानकोट ।

मिथिलाञ्चलको प्रमुख पर्व छठको तयारी काठमाडाैं लगायत देशका विभिन्न नदी, तलाउ क्षेत्रमा जारी छ । कतिपय स्थानमा तयारी सकिएको बताइएको छ । 

चन्द्रागिरि नगरमा पनि छठ पर्वका लागि तयारी जारी छ । 

चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी क्षेत्रको नदी किनारमा छठका लागि घाट तयारी तिव्र बनाइएको छ । 

विष्णुदेवी क्षेत्र संरक्षण समाज सुधार समितिको अग्रसरतामा सो क्षेत्रमा छठ पर्व मनाउन आवश्यक पूर्वाधार निर्माणको कार्य जारी रहेको चन्द्रागिरि छठ व्यवस्थापन समितिका महेन्द्र आनन्दले जानकारी दिए । 

छठ अन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्ध्य दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिई छठ समापन गरिनेछ । 

चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा समेत छठका लागि तयारी तिव्र बनाइएको छ ।

चन्द्रागिरि नगरले छठ मनाउन वार्षिक बजेट विनियोजन गरेको जनाएको छ । 

चन्द्रागिरि नगर क्षेत्रमा मधेशी समुदायका नागरिकहरूको बसोबासमा बढोत्तरी भएसँगै यस क्षेत्रका नदी तथा तलाउ किनारमा छठ मान्नेको संख्या वर्षेनी बढिरहेको छ ।

अपुष्ठ तथ्याकंअनुसार चन्द्रागिरि नगरमा करिब ३ हजार जना मधेशी समुदायका मानिसहरू बसोबास गर्ने बताइन्छ ।

विगतका वर्ष चन्द्रागिरिका बलम्बु, मातातीर्थ, विष्णुदेवी लगायतका क्षेत्रमा छठ मनाइने गरिएको मा यसपटक मातातीर्थ र विष्णुदेवी क्षेत्रमा मात्रै छठका लागि तयारी भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ