टिकटक प्रतिबन्ध विरुद्ध दायर रिटमाथि आजबाट सुनवाई हुँदै

Thankot Times

थानकोट ।

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजबाट सुनवाई हुँदैछ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आज सोमबारका लागि पेशी तोकिएको थियो।

जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिट माथी आजबाट सुनवाई हुन लागेको हो।

कार्तिक २७ गते सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि तिहारको बिदापछि अदालत खुलेको पहिलो दिन अर्थात मंसिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जानकारी दिएको छ।

शनिबार तथा आइतबार छठ पुजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *