शुक्रबारदेखि सम्पर्कविहीन स्याङ्जाका प्रकाश ढकाल कृष्णभिर नजिक मृत भेटिए

Thankot Times

थानकोट ।

शुक्रबारदेखि सम्पर्कविहीन स्याङजाका प्रकाश ढकाल धादिङमा मृत फेला परेका छन् ।

आइतबार बेलुका धादिङको रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै ढकाल मृत फेला परेको प्रहरीले जनाएको छ । 

सडकबाट तल खसेको अवस्थामा उनको शव भेटिएको धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।

उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदैछ ।

मृतक ढकालले केही म्युजिक भिडियोमा मोडलिङसमेत गरेका छन् ।

उनले केही समय पत्रकारितासमेत गरेका थिए ।

तिहार सकेर काठमाडौं फर्कने क्रममा गत शुक्रबारदेखि उनी बेपत्ता भएका थिए ।

ढकालको निधनमा लोकदोहोरी क्षेत्रका कलाकारहरूले दुःख व्यक्त गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ