टिकटक प्रतिबन्धविरुद्धका रिट हेर्न नभ्याइनेमा
थानकोट।
सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध १० वटा रिट परेपछि सुनुवाइका लागि कुमार चुडालको एकल इजलास तोकिएको थियो ।
तर सोमवार उक्त रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।












