चोभार सुक्खा बन्दरगाह निजी कम्पनीलाई सञ्चालन गर्न दिने तयारी

Thankot Times

थानकोट ।

चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न पाँच वर्षका लागि निजी कम्पनीलाई दिने तयारी भएको छ ।

बन्दरगाहको सञ्चालन दुई करोड ८८ लाख रुपैयाँमा ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीसँग सम्झौता हुन लागेको हो ।

न्यू नेपाल ढुवानी सेवा र ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीले सार्वजनिक खरिद नियमावली अनुसार बोलकबोलमा भाग लिएका थिए ।

यो सुक्खा बन्दरगाह एक अर्ब ५४ करोड रुपैयाँ लागतमा बनेको हो ।

तर, यो बन्दरगाहबाट व्यावसायिक कारोबार हुन सकेको छैन । निजी कम्पनीलाई जिम्मेवारी दिएपछि सरकारको आम्दानी बढ्नुका साथै मेन्टनेन्स खर्च पनि जोगिने गजुरेलले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *