जाजरकोट भूकम्पका ६०६ परकम्प

Thankot Times

थानकोट ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन् ।

अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६०६ वटा परकम्प गइसकेको छ ।

आज बिहान ६ बजेसम्म जाजरकोट भूकम्पका ६०६ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ