सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *