सहिद स्मृति प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) मा बागमती प्रदेशका ४ जना सांसद्, के के भयो छलफलमा ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ३, ४ र ७ मा अवस्थित सहिद स्मृति प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) मा निर्माण भइरहेको थ्री डि आर्टस् ग्यालरी अदालतको फैसला विपरित भएको भन्दै बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्रीलाई त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिले ध्यानकर्षण पत्र बुझाएको छ ।

बुधबार बिहान बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनलाई पार्क मै ढाकेर बागमती प्रदेश सभा सदय त्रय रमा आलेमगर, विन्दु श्रेष्ठ तथा यमुनादेवी श्रेष्ठको उपस्थितिमा सो ध्यानाकर्षण पत्र बुझाइएको हो ।

बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनलाई त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिले बुझाएको ध्यानाकर्षण पत्र हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *