ललितपुर महानगरमा थपिए थप दुई थान आधुनिक दमकल, चन्द्रागिरिको दमकल सञ्चालनको तयारी
थानकोट ।
ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ।
बुधबार एक कार्यक्रम गर्दै महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुई थान अत्याधुनिक प्रविधिको दमकल किनेको जानकारी गराएको हो।
महानगरले उक्त दमकल ५ पाँच करोड ६५ लाखमा किनेको हो।
महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले महानगरपालिकामा भएका भन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिए।
‘पहिले भएका दमकललाई सानो बाटोमा लैजान गाह्रो हुन्थ्यो, ती दमकल पानीले मात्र चल्थे,’ उनले भने, ‘पेट्रोल पम्पमा आगलागी भयो भने बाहिरबाट फोम भएको दमकल मगाउनुपर्ने अवस्था थियो।’
अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी ट्यांकीको क्षमता रहेको छ भने तीन सय लिटर फोम ट्यांकी। यी दमकलले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि सहज हुने हाछेथुले बताए।
त्यस्तै, पेट्रोल पम्प, केमिकल कलकारखानामा आगलागी हुँला समेत यो दमकल प्रयोग गर्न सकिने छ।
हाछेथुका अनुसार दमकलको सहायताले २० तला माथिसम्मका आगलागी निभाउन क्षमता राख्छ।
यता करिब ४ वर्षअघि किनेर थन्किएको चन्द्रागिरि नगरपालिकाको दमकल सञ्चालनको तयारी भइरहेको बताइएको छ ।
काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्र हुने आगलागी नियन्त्रणका लागि नेशनल फायरसेफ प्रालिबाट ई टेन्डरमार्फत दमकल खरिद दमकल व्यवस्थापनमा केही प्राविधिक समस्या देखिएपछि सञ्चालनमा आउन सकेको थिएन् ।
५२ लाख रूपैयाँमा खरिद भएको चार हजार ५०० लिटर पानी र ५०० लिटर फोम राख्न मिल्ने सो दमकल अहिले प्रहरी वृत्त थानकोटको कार्यालयमा राखिएको छ ।
चन्द्रागिरि नगरमा नगरप्रहरीको व्यवस्था भएसँगै बारुण यन्त्र सञ्चालनको सुरसार देखिएको हो ।
तस्बिरः सामाजिक सञ्जालबाट ।












