दक्षिणकाली नगरमा भोलि बिहीबार स्थानीय बिदा
थानकोट ।
दक्षिणकाली नगरपालिकाले भोलि मंसिर ७ गते बिहीबार नगर क्षेत्रमा स्थानीय बिदा दिने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै नगरले बिहीबार हरिबोधनी एकादशी व्रत, तुलसी विवाह तथा शेषनारायण मेलाको अवसरमा नगर क्षेत्रमा स्थानीय बिदाको जानकारी गराएको हो ।
दक्षिणकाली नगर अस्पताल भने बिहान ९ बजेबाट ११ बजेसम्म संचालन हुने पनि सो सूचनामा उल्लेख छ ।
स्थानीय तह सञ्चालन सम्बन्धी ऐनले स्थानीय तहहरूले आवश्यकता र औचित्याका आधारमा पालिका क्षेत्रमा बिदा दिन सक्ने व्यवस्था छ ।














