भोलि मंसिर ७ गते अत्यावश्यक बाहेक सवारीसाधन लिएर ननिस्किन ट्राफिक प्रहरीको अपिल
थानकोट ।
भोलि मंसिर ७ गते बिहीबार काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सवारीसाधन लिएर ननिस्किन ट्राफिक प्रहरीले अपिल गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बुधबार एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो ।
‘काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यही मंसिर ७ गते विभिन्न समूहद्वारा र्याली, जुलुसका साथै विरोध प्रदर्शन गर्ने भन्ने बुझिन आएकाले काठमाडौं उपत्यकाभरि सवारी आवागमनमा असहजता हुन सक्ने हुँदा अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्किनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।
प्रहरीले सवारी लिएर निस्किनु पूर्व १०० वा १०३ नम्बरमा फोन गर्न र ट्राफिक एफएम ९५.५ निरन्तर सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।














