चन्द्रागिरि नगरपालिकाले कृषि प्रयोजनका लागि लिएको ऋणको ब्याज तिरिदिने !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले कृषि तथा व्यावसायिक प्रयोजनका लागि लिएको ऋणको ब्याज तिरिदिने भएको छ ।

नगरपालिकाले कृषि, पशु अन्य व्यवसाय लगायत उत्पादन तथा रोजगारमूलक कार्यमा लिएको कर्जाको ब्याजमा अनुदान दिने जनाएको हो ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काका अनुसार २-४ वर्षसम्मका लागि कृषि विकास बैंक मार्फत लिएको कर्जाको ब्याजमा नगरपालिकाले अनुदान रकम उपलब्ध गराउने छ ।

बैंकले मूल्यांकन गरेर १५ लाखसम्म कृषि तथा व्यवसाय कर्जा दिनसक्ने र त्यसको ६ प्रतिशत ब्याज नगरपालिकाले तिरिदिने खड्काले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *