सुनको मूल्य स्थिर, चाँदीको घट्यो
थानकोट ।
कारोबार हुने साताको पाँचाै दिन बिहीबार नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ ।
बिहीबार सुन बुधबारै कायम मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।द













