उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्षमा रोशन केसी नियुक्त

Thankot Times

थानकोट ।

माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य रोशन केसी सो बैंकको अध्यक्षमा नियुक्त भएका छन् ।

बैंकको अध्यक्ष पदबाट डा. उपेन्द्र महतोले राजीनामा दिएपछि केसी बैंको अध्यक्षमा नियुक्त भएका हुन् ।

मंसिर ७ गते अध्यक्ष डा. महतोले सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए । उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापकसमेत हुन् ।

उनको राजीनामा समितिले स्वीकृत गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

नवनियुक्त अध्यक्ष केसी पोखरा महानगरपालिका-७ का स्थायी बासिन्दा हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *