प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबलः चन्द्रागिरि वडा नं. ८ र वडा नं. १५ को विजयी सुरुवात

Thankot Times

थानकोट । 

प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलहरूमा क्रमश चन्द्रागिरि नगरपालिका ८ मातातीर्थ र चन्द्रागिरि वडा नं. १५ तीनथानाले विजयी सुरुवात गरेका छन् ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिबार दिउँसो २ बजे भएको पुल ए मा रहेका चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थान र वडा नं. ८ मातातीर्थबीच खेलमा मातातीर्थले बाजी मार्यो । 

सो अघि मध्यान्ह  १२ः३० बजे भएको खेलमा पुल सी मा चन्द्रागिरि वडा नं. २ बाँडभञ्ज्याङ र वडा नं. १५ तीनथानाबीच खेलमा तीनथानाले सहज जित हात पार्यो । 

प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि अब चन्द्रागिरि ८ मातातीर्थले चन्द्रागिरि ३ सँग मंसिर १२ गते प्रतिस्पर्धा गर्नेछ । यसैगरी सेमीफाइनल प्रवेशका लागि चन्द्रागिरि वडा नं. १५ तीनथानाले भोलि हुने चन्द्रागिरि ५ र १२ बीचको खेलको विजेतासँग मंसिर १२ गते प्रतिस्पर्धा गर्नेछ ।

यसअघि चन्द्रागिरि प्रतियोगिताको पहिलो खेलमा चन्द्रागिरि वडा नं. ३ थानकोटले विजयी सुरुवात गरेको थियो । 

प्रतियोगिता अन्तर्गत भोलि मंसिर १० गते आइतबार दिनको पहिलो खेल मध्यान्ह १२:३० बजे चन्द्रागिरि वडा नं ५ महादेवस्थान, किसिपिडी र चन्द्रागिरि वडा नं. १२ बलम्बुबीच हुनेछ। दिनको दोश्रो खेलमा दिउँसो २:०० बजे चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट र चन्द्रागिरि वडा नंं १४ नयाँ नैकाप प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगतामा चन्द्रागिरि नगरका १५ मध्ये १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा स्थानीय खेलाडीहरूले मात्र सहभागिता जनाइरहेका छन् ।

चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *