ताहाचलमा फेसबुकमा लाइभ गरेर आत्महत्या प्रयास गरेको भिडियो भाइरल
थानकोट ।
काठमाडौं ताहाचलमा शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन्।
एक अटो वर्कशपले मोटरसाइकलको किस्ता तिर्न बारम्बार टर्चर गरेको र आफूसँग उक्त पैसा नभएको भन्दै श्रेष्ठ थर गरेका एक युवकले आत्महत्या प्रयास गरेका हुन्।
आफूले उक्त अटो वर्कशपलाई २८ हजार रुपैयाँ किस्ता तिर्न बाँकी रहँदा लगातार टर्चर आइरहेपछि आत्महत्याको निर्णयमा पुगेको उनले लाइभमार्फत बताएका थिए।
यद्यपि ती व्यक्तिको तत्कालै उद्धार भइसकेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ताहाचलबाट उद्धार गरि अस्पताल पुर्याएको बताइएको छ ।













