यसकारण भोलि सोमबार चन्द्रागिरि वडा नं. ७ को कार्यालय बन्द रहने
थानकोट ।
त्रिवेणी स्नान मेलाका अवसरमा भोलि सोमबार चन्द्रागिरि वडा नं. ७ को कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द रहने भएको छ ।
आइतबार एक सूचना जारी गर्दै वडाध्यक्ष शम्भुकुमार केसीले पराम्परागत रूपमा मनाइँदै आइएको थानकोट वाणस्थली त्रिवेणी धाम स्नान मेला व्यवस्थापनमा जनप्रतिनिधिहरू तथा कर्मचारीहरू खटिनु पर्ने भएपछि वडा कार्यालयबाट सम्पादन हुने कार्यहरू बन्द रहने जानकारी दिएका हुन् ।
हरेक वर्ष चर्तुमास व्रत समाप्तिका दिन सो त्रिवेणीमा स्नान गर्न श्रद्धालुहरूको भीड लाग्दछ ।













