सुन तथा चाँदीको मूल्यमा निरन्तर बढोत्तरी, प्रति तोला कति रूपैयाँमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

यो नेपालको बजारमा सुनचाँदीमा आएको लगातार दोस्रो दिनको वृद्धि हो । हिजो ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार हिजोको तुलनामा मूल्य बढेसँगै आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *