श्रीमतीले पन्यूले हान्दा श्रीमानको ज्यान गयो, श्रीमती प्रहरी नियन्त्रणमा

Thankot Times

थानकोट।

दैलेखको नौमूले गाउँपालिका-४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ ।

कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो ।

प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।

श्रीमान् भीमबहादुरले पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी उनीहरुका छोराछोरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

सीतालाई प्रहरीले पक्राउ गरेको छ ।

सचेतनाको कमी र जाँडरक्सीको सेवनले नौमूलेमा हिंसात्मक घटना हुने गरेका छन् ।

प्रतिकात्मक स्केच


Leave a Reply

Your email address will not be published. Required fields are marked *