नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति पुग्यो प्रति तोला सुनको मूल्य ?
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यमा मंगलबार नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो ।
छापावाल सुन तोलाको एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्म उच्च कारोबार मूल्य हो । हिजो (सोमबार) छापावाल सुन तोलाको एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन तोलाको एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













