चन्द्रागिरि नगरले विज्ञापन कर संकलनका लागि खुलायो ठेक्का, न्यूनतम कबोल रकम ७० लाख रूपैयाँ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगरको क्षेत्राधिकारभित्र भएका विज्ञापन बोर्डहरूको कर संकलनका लागि ठेक्का लगाउने भएको छ । मंगलबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्षका लागि नगरको आर्थिक ऐन २०८० को दफा ६ को अनुसूची ५ को अनुसुची ६.१ को अधिनमा रही छाला हड्डी तथा जीवजन्तु कर तथा सोही ऐनको दफा ७ को अनुसुची ६ को अधिनमा रही विज्ञापन कर संकलनका लागि सार्वजनिक ठेक्का आह्वान गरेको हो ।

छाला हड्डी तथा जीव जन्तु करका लागि न्युनतम ४५ लाख ४५ हजार रूपैयाँ तथा विज्ञापन करका लागि ७० लाख रूपैयाँ कबोल अंक राखिएको नगरले जनाएको छ । 

दुवै ठेक्का पाैष १२ गते खोलिने सो सूचनामा उल्लेख छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *