यू-१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
थानकोट ।
यूएईमा हुने यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताका निम्ति नेपाली टिमको घोषणा भएको छ ।
देव खनालको कप्तानीमा मंगलबार नेपाल क्रिकेट संघले १४ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ ।
यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् । प्रतियोगिता डिसेम्बर ८ देखि १७ गतेसम्म यूएईमा हुने तालिका छ ।
नेपाली टिम : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपीन रावल, तिलकराज भण्डारी, आकाश चन्द














