मंगलबार अबेर बेलुकी काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बेलुकी ८ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।
केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलो पाखर आसपास केन्द्र भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महशुस भएको थियो।













