कतै यात्रा सुरु गर्नुअघि थाहा पाउनुहाेस आज दिनभरकाे माैसम पूर्वानुमान
थानकोट ।
देशका केही भू–भागमा आज वर्षा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । त्यसैले वर्षा, हिमपात र देशभरको तापक्रम गिराबाट हुन सक्ने भएकाले यसको असरबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।













