चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः आज क्वाटरफाइनलका अन्तिम २ खेल
थानकोट ।
प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको अन्तिम २ क्वाटरफाइनल खेलहरू आज हुँदैछन्।
चन्द्रागिरि वडा नं. ८ मातातीर्थ र चन्द्रागिरि वडा नं. १५ तीनथाना मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा जित हात पार्दै सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत आज चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट र चन्द्रागिरि नगरपालिका वडा नं. १३ पुरानो नैकाप बीच खेल हुँदैछ । यो खेल दिनको १२ः३० बजे सुरु हुनेछ । विजेताले भोलि बिहीबार फाइनल प्रवेशका लागि चन्द्रागिरि नगरपालिका ८ मातातीर्थसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी आज नै दिनको २ः३० बजे चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँले चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलको सामना गर्नेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि भोलि बिहीबार चन्द्रागिरि नगरपालिका १५ तीनथानाको सामना गर्नेछ ।













