प्रति तोलामा १ हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन नेपाली बजारमा सुनको भाउ आज तोलामा एक हजार ६ सय रूपैयाँले बढेको छ।

बुधबार सुन प्रति तोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ।

मंगलबार  छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन एक लाख १८ हजार ८७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ आज २० रुपैयाँले बढेर तोलको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *