राष्ट्रिय स्वतन्त्र पार्टीका सबै संघीय सांसद बने केन्द्रीय सदस्य

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महोत्तरीको जलेश्वरमा बसेको बैठकले प्रतिनिधि सभा सदस्य भएका सबै नेतालाई केन्द्रीय सदस्य बनाएको छ । बैठकले पार्टीका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिनिधि सभामा सो पार्टीबाट ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् ।

सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भएको थियो ।

रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *