प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः यी चार वडा पुगे सेमीफाइनलमा

Thankot Times

थानकोट। 

प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । 

बुधबार चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट र चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँले क्वाटरफाइनल खेलमा जित हात पारेसँगै प्रतियोगिताको अन्तिम चार टोलीको टुंगो लागेको हो । 

प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउने क्रममा चन्द्रागिरि नगरपालिका ४ थानकोटले रैथाने चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापको चुनाैती ४-० ले पन्छायो ।

नैकाप प्रतियोगिताको सिधै दोश्रो चरणका लागि छनोट भएको थियो भने थानकोटले अघिल्लो चरणमा अर्को रैथाने टोली चन्द्रागिरि-१४ नयाँ नैकापको चुनाैती पन्छाएको थियो ।

थानकोटले सेमीफाइनलमा बिहीबार चन्द्रागिरि नगरपालिका ०८ मातातीर्थको सामना गर्नेछ । मातातीर्थले क्वाटरफाइनल खेलमा चन्द्रागिरि नगरपालिका-०३ थानकोटको चुनाैती पन्छाएको थियो ।

यसैगरी चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ पनि प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । 

मच्छेगाउँले सिधै प्रतियोगिताको दोश्रो चरण खेल्ने अवसर पाएको चन्द्रागिरि नगरपालिका १० सतुगंलको चुनाैती ४-१ पन्छाएको हो । अब प्रतियोगिताको फाइनल प्रवेशका लागि मच्छेगाउँले चन्द्रागिरि नगरपालिका १५ तीनथानको सामना गर्नेछ ।

यी दुई बीचको खेल भोलि बिहीबार हुनेछ । 

चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ पुरस्कार पाउनेछन् । फाइनल खेल मंसिर १६ गते शनिबार सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *