चन्द्रागिरिमा बिहानैदेखि बदली, दिउँसो छिटपुट वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्र लगायत काठमाडौं उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बादलले आकाश ढाकेको छ । जसका कारण बिहानैबाट चिसो महसुस भएको छ । 

“केही दिनदेखि नेपालमा भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव र पश्चिमी वायुको प्रभाव रहेको छ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “विशेषगरी राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव आज देखिएको छ । यसैको प्रभावले आज बिहानैदेखि काठमाडौंमा मौसम बदली रहेको छ ।” 

आज काठमाडौंमा वर्षाको समेत सम्भावना छ । “काठमाडौंमा आज वर्षा पनि हुनेछ । तर ठूलो वर्षा होइन छिटपुट वर्षा मात्रै हुनेछ,” मौसमविद् मानन्धरले भनिन्, “काठमाडौंसँगै सेन्ट्रल नेपालका अन्य केही भू–भागमा पनि छिटपुट वर्षाको सम्भावना छ ।” 

आज काठमाडौंमा दिनभर बदली हुने यद्यपि अपराह्नपछि मौसम केही खुल्नेछ । “साढे २ बजेपछि भने विस्तारै मौसम केही खुल्नेछ,” उनले भनिन्, “घाम नलाग्ने र बदली हुने भएकाले काठमाडौंमा आज चिसोको महसुस हुनेछ ।” 

भोलि पनि काठमाडौंमा आंशिक बदलीको सम्भावना रहेको उनले जानकारी दिइन् । उनले अगाडि थपिन्, “तर आजको जस्तो पूर्ण बदली भने हुँदैन । आंशिक बदली हुनेछ ।” 


Leave a Reply

Your email address will not be published. Required fields are marked *