नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको मूल्यमा यथावत

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाै दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यसदिन स्थिर रहको हो।

बुधबार अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *