लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठ दम्पतीको मृत्यु

Thankot Times

थानकोट ।

ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान श्रीमतीको नै मृत्यु भएको छ ।

बुधबार राति नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी-८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको इमाडोलस्थित किष्ट अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *