बुढानिलकण्ठ नगरपालिकाका सब-इञ्जिनियर ८० हजार घुस लिएको आरोपमा पक्राउ

Thankot Times

थानकोट ।

बुढानिलकण्ठ नगरपालिकाका सब-इञ्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।

बिहीबार बुढानिलकण्ठ नगरपालिका-७ बाट उक्त रकमसहित सब-इञ्जिनियर राईलाई पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएवापत सेवाग्राहीसँग उक्त रकम घुस लिएका थिए।

उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *