सुनको मूल्य प्रतितोला एक लाख २० हजार रूपैयाँ नाघ्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *